संसद् बैठक भोलिसम्मका निम्ति स्थगित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेको सचिवालयले अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको जनाएको छ ।

मंगलबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो ।

संसद् बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *