राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

थानकोट । 

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् ।

बुधबार राष्ट्रिय सभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन ।

उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो ।

यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *