नेकपा स्थापनाको ७५औं वर्ष मनाउँदै नेकपा एमाले, देउवादेखि वैद्यसम्मलाई निम्तो

Thankot Times

थानकोट।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले आज हीरक महोत्सव आयोजना गर्दैछ।

गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई निम्तो दिइएको छ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्यलाई पनि निम्तो दिइएको छ।

नेकपा स्थापनाको ७५ औं वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम भएकाले क्रियाशील राजनीतिक दलका प्रमुख, सरकार प्रमुखहरूलाई आमन्त्रण गरिएको  एमालेका सचिव योगेश भट्टराइले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *