बैशाख १५ को उपनिर्वाचन :आज राति १२ बजेबाट प्रचार गर्न नपाइने

Thankot Times

थानकोट ।

प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ को क मा बैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

“बैशाख १२ गते (बुधबार) राति १२ बजेबाट चुनावको प्रचारप्रसार गर्न पाइँदैन,” उनले भने । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन् । 

इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *