‘म पद छाड्न तयार छु, थप २ दिन प्रतिक्षा गर्न सुझाव दिनुभएको छ’-बिना विभागीय मन्त्री आले मगर

Thankot Times

थानकोट ।

२१ दिनअघि बागमती प्रदेश सरकारमा बिना विभागीय मन्त्रीको हैसियतमा सपथ लिनुभएकी बागमती प्रदेश सभा सदस्य रमा आले मगरले आफु पद छाड्ने मनस्थितिमा रहेको बताएनुभएको छ । 

मन्त्री आले मगरले मुख्यमन्त्रीले तत्काल जिम्मेवारी नतोके आफू पद छाड्न पनि तयार रहेको बताउनुभएको हो । अहिलेसम्म विभाग नतोक्नु र भएका सहमति कार्यान्वयन नभए पदमा बसिरहन जरुरी नरहेको उहाँको भनाइ छ ।

चैत्र २० गते  बागमती प्रदेश सरकार विस्तार भएपछि आज पहिलो क्याबिनेटते बस्दैछ । यद्यपी मन्त्री आले मगरले सो बारेमा कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।

लगातार तेस्रो साता बिना विभागीय हैसियतमा रहनुभएकी मन्त्री आले मगरले विभागीय जिम्मेवारी र मुख्यमन्त्रीले भनेका विषयमा पार्टी र संसदीय दलको नेतालाई जानकारी गराएको आफूलाई थप २ दिन धैर्य गर्न सुझाव दिइएको बताउनुभयो  ।

बागमती प्रदेशमा १२ मन्त्रालय रहे पनि १३ मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापनका लागि सत्तारुढ दलहरूबीच सहमति जुटाउन सक्नुभएको छैन् ।

२ विकल्पसहित सत्ता साझेदार दल एकीकृत समाजवादीलाई प्रस्ताव गरे पनि सो विषयमा समेत ठोस निर्णय हुन सकेको छैन् । जसमा मुख्यमन्त्री जम्कट्टेलले गत साता रोजेको मन्त्रालयमा २ मन्त्री लिएर एक फिर्ता गर्न वा मन्त्रालय विभाजन गरेर ३ मन्त्री लिन एकीकृत समाजवादीलाई प्रस्ताव गर्नुभएको थियो । तर, ती प्रस्तावमाथि औपचारिक छलफल भने हुन सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *