गोरखाको बारपाक केन्द्र बनाइ गएको भूकम्पको ९ वर्ष पूरा

Thankot Times

थानकोट ।

आज बैशाख १२, अर्थात् नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ।

सो प्रकोपमा परी झन्डै ९ हजार मानिसको ज्यान गएको थियो भने देशका विभिन्न क्षेत्रमा ५ लाखभन्दा बढी घरबार क्षतिग्रस्त बने।

भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन्।

२०७२ साल बैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। जसमा ८ हजार ९ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाइ छ।

भूकम्पमा परी २२ हजारभन्दा घाइते भएका थिए।

भूकम्पका कारण १४ जिल्ला सबैभन्दा बढी क्षतिग्रस्त बनेको थियो।

भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको भनाइ छ। 

भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ भने महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *