थाहा नगरका शिक्षकहरुलाई दल त्याग गर्न १५ दिनको समय, चन्द्रागिरिमा कहिले जारी होला सूचना ?

Thankot Times

थानकोट।

मकवानपुरको थाहा नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै राजनीतिक दलको सदस्यता लिएको भए १५ दिन भित्र सो त्याग गरेको जानकारी दिन निर्देशन दिएको छ ।

थाहा नगरका मेयर विष्णु बहादुर विष्टले आइतबार एक सूचना जारी गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाको पत्र तथा शिक्षा विकास तथा समन्वय इकाइको पत्रानुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिन सूचित गरेका हुन् ।

सो अवधिपछि कोही शिक्षक, कर्मचारी कुनै राजनीतिक दलमा रहेको प्रमाण फेला परेमा कानून बमोजीम कारबाही हुने बताइएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको र महाधिवेशन प्रतिनिधि भएकोजस्ता उजुरी आएपछि शिक्षा मन्त्रालयले दलमा सक्रिय शिक्षक र कर्मचारीलाई कारबाही गर्न देशैभरका स्थानीय तहमा परिपत्र गरिसकेको छ ।

थाहा नगरपालिकाले जारी गरेको सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *