कीर्तिपुर बस्ने २७ वर्षीय युवाले सामाजिक सञ्जालमा राखेको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण

Thankot Times

थानकोट ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध टीकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै जाजरकोटको तत्कालीन टालेगाउँ स्थाई वतन भई हाल कीर्तिपुर काठमाडौं बस्ने २७ वर्षीय गणेशमान सिंहले पोष्ट गरेको भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सिंहले बुधबार साँझ सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूले गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले दिएको यातनाले विष सेवन गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए ।

तर, प्रहरीले भने सिंहले ऋषीराज झा नामको फेसबुकबाट अश्लील सामग्री पोष्ट गरी हैरानी दिएको सम्बन्धमा परेको उजुरीउपर अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

अनुसन्धानका क्रममा उक्त नामको फेक फेसबुक एकाउन्ट सिंहले संचालन गरी अश्लील सामग्री समेत प्रकाशन गरेको पाइएपछि कार्यालयमा उपस्थित गराइएको थियो ।

यस्तै, उनको साथीले फोनमार्फत् ब्यूरोमा खबर गरेपश्चात सोधखोज गर्दा निजले २ स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्ष पठाइएको प्रहरीको भनाइ छ ।

यस्तो छ प्रहरीको विज्ञप्ति


Leave a Reply

Your email address will not be published. Required fields are marked *