उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले यहि बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *