उपनिर्वाचनको मतगणना आजबाट

Thankot Times

थानकोट। 

हिजो बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको छ ।

बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको हो ।

६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका छन् । बझाङमा आजदेखि मतगणना सुरु गर्ने तयारी छ । 

 इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार २८७ मतदाताले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार  उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । 

इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरकुकामको गौतमबुद्ध सभागृह हुनेछ ।

मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *