उपनिर्वाचनः बझाङ १ ‘क’ र इलाम १ मा नेकपा एमाले विजयी, इलाममा रास्वपाको जमानत जफत

Thankot Times

थानकोट । 

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ  प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले जमानत जोगाउन नसकेका हुन् । उनले चौथो स्थानमा रहँदै ५ हजार ५० मत ल्याए ।

बझाङ क्षेत्र नं. १ को प्रदेश क मा एमालेका दमन भण्डारी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका  निकटतम प्रतिष्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

उनीहरुको मतान्तर २६७ रहेको छ । 

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *