रास्वपा संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।

युवा तथा खेलकुदमन्त्री समेत रहेका पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ । सहकारी अपलचनमा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । कांग्रेसले यो विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । उसले समिति नबने बजेट अधिवेशन चल्न नदिने बताएको छ ।

सोही कारण सत्तारुढ दल र आफ्नै पार्टीमाथि आरोप लागिरहेको बेला के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने र रणनीति तय हुने बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *