नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
थानकोट ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही जेठ १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते दिउँसो २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता प्रवक्ता डा. रामशरण महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए ।










