राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् ।

जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । 

उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन्।

उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *