काटिएको सडक कालोपत्रे भएकोमा सांसद कृष्णगोपाल श्रेष्ठले दिए न्युरोडका वडाध्यक्षलाई बधाई
थानकोट ।
काठमाडौं क्षेत्र नं. ९ का सांसद एवं नेकपा एमालेका नेता कृृष्णगाेपाल श्रेष्ठले काठमाडौं महानगरपालिकाकाे न्युरोड क्षेत्रमा सडक काट्ने काम राेकि कालाेपत्रे गरिएकोमा खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा साेमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिरीकाजी महर्जनको तस्बिर राख्दै सांसद श्रेष्ठले बधाई दिएका छन् ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकाकाे कार्यपालिका बैठकमा महानगरका मेयर बालेन र वडाध्यक्ष महर्जनको चर्काचर्की परेपछि सामाजिक सञ्जालमा वडाध्यक्ष महर्जनको पक्ष र विपक्षमा मिश्रित समर्थन देखा परेको छ ।
महर्जनले न्युरोड क्षेत्रमा सडक काटि फुटपाथ बनाउने मेयर बालेनकाे निर्णयमा आपत्ति जनाउँदै आएका थिए भने सडक विभागले समेत साे कार्य राेक्न महानगरलाई पत्र पठाएको थियाे ।
तर महानगरले साे कार्य सडक विभागको क्षेत्राधिकार भित्र नपर्ने भन्दै फुटपाथ बनाउने कार्यलाई तिव्र बनाएकाेेमा साेमबार सडक विभागले साे क्षेत्रमा कालाेपत्रे गरेपछि सांसद् श्रेष्ठले वडाध्यक्ष महर्जनलाई बधाई दिएका हुन् ।










