मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

Thankot Times

थानकोट।

जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

शुक्रबार बिहान एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेश गरेका सिंह दिउँसो मुख्य मन्त्री नियुक्त भएका हुन् ।

उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश  गरेपछि सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी क्षेत्र नं. २ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *