नयाँ सरकार गठनको चर्चासँगै चन्द्रागिरिबासीले सम्झिए सतुङ्गलमा देउवाले दिएको वचन….
थानकोट ।
संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धनका लागि सहमति भएका विषय बाहिरिएसँगै नयाँ सरकारमा कसले मन्त्री पद पाउलान भन्ने अनुमान र अड्कल काट्न थालिएको छ ।
सहमति अनुसार नयाँ बन्ने सरकारको नेतृत्व पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको बताइएको छ । सो पछि कांग्रेसले नेतृत्व लिनेछ । नयाँ बन्ने सरकारमा नेकपा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।
नयाँ सरकार गठनको संवैधानिक प्रकृया भने मंगलबार अपरान्हसम्म सुरु हुन सकेको छैन् । दलहरू संसदीय बैठकमा जुटिरहेका छन् ।
यसैबीच नयाँ सरकार गठनको चर्चासँगै काठमाडाैं क्षेत्र नंं १० का मतदाताले २०७९ कार्तिक २५ गते सतुङ्गलमा काँग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भाषण सम्झिएका छन् । उक्त दिन सतुङ्गलमा आयोजित चुनावी सभामा तत्कालीन प्रधानमन्त्री देउवाले सो क्षेत्रका गठबन्धनका उम्मेदवार राजेन्द्र कुमार केसीलाई चुनावमा जिताए मन्त्री बनाउने घोषणा गरेका थिए ।
अब बन्ने केपी ओली नेतृत्वको नयाँ सरकारमा कांग्रेस सभापति देउवाले हजाराैं चन्द्रागिरि बासीहरू माझ गरेको वाचा पूरा गर्दै सांसद् राजेन्द्र कुमार केसीलाई मन्त्री बनाउलान् ?
सतुंगलमा प्रधानमन्त्री देउवाको सम्बोधन: चुनाव जिताउनुस्, राजनलाई मन्त्री बनाउँछु (भिडियोसहित)










