नेकपा एसको नेतृत्व चयन आज, अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा !
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज बिहीबार निर्वाचन हुँदै छ ।
शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिले बिहानसम्म सहमति जुट्न सकेको छैन् ।
अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुन लागेको छ ।
साथै, अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ ।
सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ ।










