राजिनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपा मन्त्रीहरू ‘ब्याक’ !
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा मन्त्री बनेका सांसद्हरू राजिनामा दिनबाट ब्याक भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि मन्त्रीहरू तत्कालद राजीनामा नदिने मनस्थितिमा पुगेको राास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्न पुगेका थिए ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।
यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
नेकपा एमालेका मन्त्रीहरूले भने बुधबार नै पदबाट राजिनामा दिइसकेका छन् ।










