नेपाल प्रिमियर लिग क्रिकेटः आज लुम्बिनी र सुदूरपश्चिम तथा विराटनगर र कर्णाली बीच खेल हुने
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे दिनको पहिलो खेल हुनेछ जहाँ लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।
शनिबार नै हुने दिनको दोश्रो खेलमा दिउँसो १ः१५ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्।
कर्णाली याक्सले प्रतियोगितामा तीन खेल खेलेको छ।
जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ।
तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो।
यस्तो छ अंक तालिकाः















