नेपाल प्रिमियर लिग क्रिकेटः विराटनगर विरुद्ध काठमाण्डु १ विकेटले विजयी

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकालेको छ । 

आइतबार सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाण्डुले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो ।

यद्यपी, काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।

सात खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *