नेपाल प्रिमियर लिग क्रिकेटः पोखरालाई पराजित गरेसँगै सुदूरपश्चिम प्लेअफका लागि छनोट

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले पराजित गरेको छ ।

शनिबार सम्पन्न दिनको दोश्रो खेलमा सुदूरपश्चिमले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो ।

पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।

पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।

लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ र कर्णाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *