एसीसी यू-१९ महिला एसिया कपः नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
थानकोट ।
मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारत बीचको खेल वर्षाका कारण रद्द भएको छ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँढेका हुन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले बिना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो ।

नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ ।
सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ । नेपाल रनरेटको अनुसार समुह चरणमा दोश्रो भएर सुपर फोरमा पुगेको हो।














