नेपाल प्रिमियर लिग विजेतालाई १ करोड १० लाख नगद, उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको पुरस्कार घोषणा भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ ।

उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ ।

प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो । एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् ।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *