नेपाल प्रिमियर लिग क्रिकेट फाइनलको टिकट केही घन्टामै ‘सोल्ड आउट’ !

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै बिक्री भएको छ।

बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो।

भोलि शनिबार मध्यान्ह १२ः१५ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *