खाे खाे विश्वकप: नेपाल पहिलाे खेलमा भारतसँग पराजित

Thankot Times

थानकोट ।

खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ ।

नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२-३७ ले पराजित भएको हो ।

पहिलो पटक आयोजना भइरहेको खो खो विश्वकपको उद्घाटन खेलमै नेपालले घरेलु टोली भारत विरुद्ध सानदार प्रदर्शन गरेको थियो । तर जितसम्म भने पुग्न सकेन ।

समूह ए मा रहेको नेपालले दोस्रो खेल मंगलबार पेरुसँग खेल्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *