खाे खाे विश्वकप: नेपाली महिला टिम क्वार्टरफाइनलमा

Thankot Times

थानकोट ।

भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली महिला टिमले समूह चरणको अन्तिम खेलअगावै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

नेपाली टिमले बुधबार भएको आफ्नो तेस्रो खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकालाई ११०–१० को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा नेपाली महिला टिमको यो लगातार तेस्रो जित समेत हो ।

तीनमध्ये तीनै खेलमा जित निकालेको नेपाल ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ ।

नेपाली टिमले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ९३–२४ र दोस्रो खेलमा जर्मनीविरुद्ध ७३–३४ को जित निकालेको थियो ।

प्रतियोगिताको समूह ‘सी’ मा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ ।

यी दुई टिमबीचको खेल बिहीबार नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजेदेखि सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *