खो खो विश्वकप: नेपाली पुरूष टिम पनि क्वाटरफाइनलमा
थानकोट ।
नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।
समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८-८ अंकको अन्तरले हराएको हो ।
त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो ।
अब भुटानले भारतसँग खेल्न बाँकी छ ।
उक्त खेलपछि दुईमध्ये एक टोली क्वाटरफाइनलमा पुग्ने छन् ।
महिलातर्फ पनि नेपालले लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।













