आईसीसी यू-१९ महिला विश्वकप: नेपालले पहिलो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

आईसिसी यू-१९ महिला विश्वकप शनिबारदेखि सुरू हुँदैछ।

शनिबारदेखि सुरू हुने विश्वकपमा नेपालले पनि शनिबार नै खेल्दैछ।

मलेसियाको बांगीमा रहेको युकेएम क्रिकेट ओभलमा शनिबार मध्याह्न १२ बजे नपालले समूह चरणको पहिलो खेल बंगलादेशसँग खेल्दैछ।

नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

यसअघि गत कात्तिकमा भएको एसिया छनोटमा अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाली यू-१९ महिला टोली विश्वकपमा पुगेको थियो।

विश्वकपमा छनोट भएपछि नेपालले गत महिना एसिसी यू-१९ एसिया कप पनि खेलेको थियो। एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै इतिहास रचेको थियो।

तीन महिनामा दुईवटा सफलता हासिल गरेको नेपाली महिला टिमलाई इतिहास रच्ने अर्को अवसर छ।

विश्वकपमा नेपाल समूह डी मा । समूहमा बंगलादेशसँगै अस्ट्रेला र स्कटल्याण्ड छन्। यो समूहबाट नेपाल कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएर अर्को इतिहास कोर्न अभियानमा छ।

सुपर सिक्समा पुग्न नेपालले कम्तिमा एउटा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालले ७ गते स्कटल्याण्डसँग र ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

मलेसियामा खेल सुरू हुनुअघि आइसिसीले प्रतियोगिताको हेर्नलायक पाँच खेलाडीको सूचि सार्वजनिक गरेको थियो। जसमा नेपालकी कप्तान तथा अलराउन्डर पुजा महतो पनि समावेश छिन्।

नेपाली टिमः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *