राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको फेसबुक स्टाटसले तरङ्ग

Thankot Times

थानकोट ।

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेल जीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गरेका छन् ।

गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । 

उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्ने खालको छ ।

सो पोस्टमा उनले सबैलाई धन्यवाद दिएका छन् । उनका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *