खो खो विश्वकप : महिला र पुरुष दुवै विधामा नेपाल उपविजेता, भारत च्याम्पियन

Thankot Times

थानकोट ।

खो खो विश्वकप पहिलो संस्करणका दुवै विधामा नेपाली टिम उपविजेतामा सीमित बनेको छ ।

आइतबार राति भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपाललाई ५४–३६ ले पराजित गर्दै घरेलु टिमले उपाधि जितेको हो ।

यसअघि महिलातर्फ पनि फाइनलमा नेपाललाई ७८–४० ले पराजित गर्दै भारतले नै उपाधि जितेको थियो ।

नेपाली पुरुष टिम समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा आएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गरेको थियो ।

समूह चरणमा पनि नेपाललाई भारतले ४१–३७ ले पराजित गरेको थियो । तर, नेपालले समूहको दोस्रो खेलमा पेरुविरुद्ध ८०–३४, तेस्रो खेलमा ब्राजिलविरुद्ध १३४–८ र अन्तिम खेलमा भुटानविरुद्ध ९८–८  को सहज जित निकालेको थियो ।

यस्तै नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार साँझ भएकाे उपाधि प्रतिस्पर्धामा नेपाली महिला टाेली भारतसँग ७८–४० ले पराजित भयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *