नेपालले यूएईमा वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्ने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग ऐतिहासिक ट्वान्टी–२० शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली टिमले वेस्ट इन्डिजसँग तीन खेल खेल्ने जनाएको हो ।

नेपालले शृंखला युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट रंगशालामा आगामी सेप्टेम्बरमा खेल्ने छ । तालिकाअनुसार नेपालले सेप्टेम्बर २७ मा पहिलो, २८ मा दोस्रो र ३० मा तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।

नेपाली क्रिकेटको इतिहासमा टेस्ट टोलीसँग हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला हो ।

हाल नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला र ट्वान्टी–२० शृंखलाका निम्ति स्कटल्यान्ड भ्रमणमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *