एसिसी मेन्स यू-१६ कपमा नेपालको विजयी सुरुवात, सिंगापुर ६ विकेटले पराजित
थानकोट ।
एसियाली क्रिकेट काउन्सिल मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरूवात गरेको छ।
आइतबार मलेसियामा भएको समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा गर्यो।

यसअघि मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमा अललआउट भयो।
सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतक बनाए।
उनले ५३ बल खेलेर ९ चौका प्रहार गरे।
बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राखे भने ३४ रन खर्चिए।
प्रतियोगिताामा नेपाल समूह ‘ए’ मा छ।
समूहमा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्।
नेपालले जापानसँग असार १० गते, इन्डोनेसियासँग असार १५ गते र भुटानसँग असार १७ गते खेल्नेछ।
प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।
तस्वीरः क्यान ।












