एएफसी महिला एसियन कप छनोट खेल्न नेपाली टोली उज्वेकिस्तान प्रस्थान गर्दै

Thankot Times

थानकोट ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट खेल्न जाने नेपाली महिला टोलीको बिदाइ गरिएको छ ।

महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ।

यस समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।

नेपालले जुन २९ मा पहिलो खेल लाओससँग खेल्नेछ।

दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा समूह चरणको अन्तिम खेल घरेलु टिम उज्वेकिस्तानसँग खेल्नेछ।

समूह विजेता बन्ने टिम अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा छनोट हुनेछ। नेपालले सन् २०२२ मा भारतमा भएको महिला एसियन कपको छनोट चरण पार गर्न सकेको थिएन।

नेपाली महिला टिमले हालसम्म सन् १९८६, १९८९ र १९९९ मा एसिया कप खेलेको छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्ने लक्ष्यसहित मंगलबार राती साढे ११ मा उज्वेकिस्तान उड्नेछ।

नेपाल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा भन्छिन्, ‘राम्रो मौका छ। ४ वर्षपछि खेल्न सकिन्छ कि सकिँदैन । हामी यो पाली उत्कृष्ट दिएर एसियन कप खेल्नेमा विश्वास छ।’

प्याट्रिक डे वाइल्डले आफूलाई जित्ने इच्छा रहेको बताए। उनले भने,’हामी जित्न चाहन्छौँ। हामी अन्तिमसम्म लडेर भए पनि जित्ने कोसिस गर्नेछौं। ‘

नेपाली टिमकी फर्वाड सावित्रा भण्डारी भन्छिन्,’हाम्रो लागि विश्वकप जस्तै हो। हामी यो प्रतियोगिता उत्साहित छौँ।’

नेपाली टोली:

गोलकिपर: अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर : गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल

फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *