एसीसी यू-१६ इस्ट जोन कपः आज नेपाल र जापानबीच खेल हुँदै
थानकोट।
मलेसियामा जारी एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ ।
स्थानीय कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजेट खेल शुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको थियो । जापानले भने पहिलो खेलमा भुटानमाथि २१५ रनको फराकिलो जित दर्ता गरेको थियो ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।












