नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने

Thankot Times

थानकोट ।

नेपालले आउँदो अगस्ट महिनामा अष्ट्रेलियाको डार्विनमा टी-२० सिरिज खेल्ने भएको छ ।

नेपालले आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको तयारीको रूपमा अगस्ट १४-२४ सम्म टप इण्ड टी-२० सिरिज खेल्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

सिरिजले अष्ट्रेलियाली परिस्थितिमा प्रतिस्पर्धा गर्ने मौका प्रदान गर्ने लामाले बताए ।

उक्त सिरिजमा नेपालले कम्तिमा ६ टी-२० खेल खेल्ने छ ।

२०२५ को टप इन्ड टी-२० शृङ्खलाको लागि पूर्ण तालिका र सहभागी टोलीहरूको घोषणा आगामी हप्ता गरिनेछ ।

त्यसअघि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२०आई सिरिज खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *