चन्द्रागिरिमा अब निरन्तर क्रिकेट प्रशिक्षण
थानकोट ।
चन्द्रागिरि नगरमा अब क्रिकेट खेलको प्रशिक्षण निरन्तर रुपमा उपलब्ध हुने भएको छ ।
चन्द्रागिरि क्रिकेट एशोसियसनले साउन महिनाबाट नियमित रुपमा क्रिकेट प्रशिक्षण दिने भएको हो ।
सालभर नै सञ्चालन हुने सो प्रशिक्षण थानकोटस्थित कभर्ड हलमा सञ्चालन हुने चन्द्रागिरि क्रिकेट एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानको भनाइ छ ।
प्रशिक्षण साप्ताहिक रुपमा ३ दिन दैनिक २ घण्टा सञ्चालन हुनेछ ।
जसका लागि भर्ना शुल्क १ हजार ५ सय रुपैयाँ र मासिक शुल्क १ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।














