एएफसी महिला एसियन कप छनोट: आज नेपाल र श्रीलंकाबीच खेल हुँदै
थानकोट ।
जारी एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज बुधबार नेपाल र श्रीलंकाबीच खेल हुँदैछ ।
उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा यी दुइ बीचको खेल सुरु हुनेछ ।
समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको थियो ।
श्रीलंकाले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो ।
नेपाल र श्रीलंकाबीच अहिलेसम्म भएका खेलहरुको नतिजा नेपालको पक्षमा गएको विगत भएकोले बुधबारको खेलको नतिजाले पनि सोही क्रम जारी राख्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र श्रीलंकाबीच सातपटक प्रतिस्पर्धा भएको छ ।
फिफा वरीयतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलंका १५९औँ स्थानमा छ ।
राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।
बुधबार नै लाओस र उज्वेकिस्तानबीच पनि खेल हुनेछ ।
अंकतालिका हेराैंः













