रियल मड्रिडको ७ नं. को जर्सीमा केपी ओलीको नाउँ !

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्चित स्पेनिस फुटबल क्लब रियल मड्रिडले ७ नम्बरको जर्सी दिएर सम्मान गरेको छ।

बिहीबार रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालामा पुगेका ओलीलाई चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी दिएर स्वागत गरिएको हो ।

ओ‌लीलाई नवनिर्मित अत्याधुनिक सान्टियागो बर्नाबाउ रंगशालामा रियल मड्रिडका न्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले ७ नम्बरको जर्सी दिएर स्वागत गरेका हुन् ।

रोनाल्डोले क्लब छाडेपछि अहिले उक्त ७ नम्बरको जर्सी ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले लगाउने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *