साफ यु-२० महिला च्याम्पियनसीपको उपाधि छिनोफानो आज, नेपाल खेल जित्नैपर्ने दबाबमा
थानकोटर
बंगलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रोपटक बंगलादेशसँग खेल्दैछ ।
बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि शुरू हुनेछ ।
आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ।
प्रतियोगितामा बंगलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ ।
डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ। बंगलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भूटान र श्रीलंका सहभागी छन् ।













