राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा हुने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा ५ र ६ असारमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो ।

बैठकले केन्द्रीय महाधिवेशन २६, २७ र २८ मंसिरमा काठमाण्डौंमा गर्ने निर्णय गरेकाे प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । केन्द्रीय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।

समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न केन्द्रीय विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्षहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू, सबै भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिएका छन्, जसमा केन्द्रीय निर्वाचन समितिले पेस गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका रहेका छन् ।

पार्टीले तय गरेको नयाँ कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन गर्ने जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य मानिनेछन् ।

त्यस्तै, आगामी १५ देखि २४ असोजसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरिनेछ । पार्टीको सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भदौ मसान्तसम्म अभियानकै रूपमा सञ्चालन गरिने र सो समयसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

आगामी ११ गतेदेखि ३० कात्तिकसम्म सबै जिल्लाका प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनाेट गर्नुपर्नेछ । यसरी छानिएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्नेछ । प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवाहरूको प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गरिनुपर्ने व्यवस्थासमेत राप्रपाले गरेको छ ।

राष्ट्रिय राजनीतिमा राप्रपाले अवलम्बन गरेको नीति, विचार र सिद्धान्तको आवश्यकता र अपरिहार्यता झन् बढेर गएको पार्टीको निष्कर्ष छ । एउटा निर्वाचनको परिणामले मात्र कुनै पनि पार्टीको भविष्य निर्धारण नहुने वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपाले स्वदेश तथा विदेशमा रहेका आफ्ना हरेक सदस्यलाई विचलित नहुन र उच्च मनोबलका साथ पार्टी कार्यमा क्रियाशील रहन अपिलसमेत गरेको छ ।

बैठकका निर्णयहरू :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ