विप्लव नेतृत्वको नेकपाका १० केन्द्रीय सदस्यसहित १२ जनाले दिए सामूहिक राजीनामा

Thankot Times

थानकोट ।

नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा माओवादीका १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् ।

महासचिव चन्दको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीबाट सामूहिक रूपमा राजीनामा दिएको जनाइएको छ ।

राजीनामा दिने नेताहरूले नेतृत्वको कार्यशैली, संगठन सञ्चालन र आन्तरिक व्यवस्थापनप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरूले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता र पुनर्गठन गर्ने प्रक्रियामा पार्टी नेतृत्व अपेक्षित रूपमा अघि नबढेको उल्लेख गरेका छन् ।

साथै, पार्टीभित्र आन्तरिक बहसको माग गर्ने नेताहरूमाथि कारबाही गरिएकोप्रति असहमति जनाउँदै राजीनामा दिएको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ