नेकपा एमाले संसदीय दलको बैठक बस्दै
थानकोट ।
नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिने तालिका तय भएअनुसार एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।











