गणतन्त्र दिवसका अवसरमा गुर्जुधारामा दीप प्रज्ज्वलन गर्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटि
थानकोट ।
आज १७औं गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरि मनाइँदैछ ।
दिवसका अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
गणतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्दैछ ।
साँझ ६ः३० बजे गुर्जुधारा चोकमा दीप प्रज्ज्वलन कार्यक्रम राखिएको सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।










