लुम्बिनी सरकारबाट जसपा बाहिरिएपछि मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा

Thankot Times

थानकोट ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् ।

यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ ।

महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ ।

काँग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *