नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिले आज त्रिभुवन पार्कमा तीज विशेष कार्यक्रम आयोजना गर्दै

Thankot Times

थानकोट ।

सत्ता साझेदार दल नेपाली काँग्रेसको चन्द्रागिरि नगर कमिटिले आज थानकोटस्थित त्रिभुवन पार्कमा तीज विशेष कार्यक्रम आयोजना गर्दैछ ।

बिहान ११ बजेका लागि तय गरिएको भनिएको कार्यक्रममा सो पार्टीको शुभेच्छुक संस्था नेपाल महिला संघकी सल्लाहकार सृजना सिंहको समेत सहभागिता रहने बताइएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार के.सी., बागमती प्रदेश सभा सदस्यहरू क्रमश पुकार महर्जन, यमुना देवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर तथा सो पार्टीका नगर सभापति घनश्याम गिरी, काठमाडाैं क्षेत्र नं. ९ का नेपाली काँग्रेसका क्षेत्रीय सभापति जयकृष्ण महर्जन, क्षेत्र नं. १० प्रदेश ख का सभापति धर्मनन्द श्रेष्ठ लगायतका नेताहरूको समेत उपस्थिति रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *