कीर्तिपुर नगरपलिकाको मेयरमा नेपाली काँग्रेसका कृष्णमान डंगोल विजयी

Thankot Times

थानकोट ।

तत्कालीन मेयर राजकुमार नकर्मीको निधनपछि रिक्त रहेको कीर्तिपुर नगरमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न हुँदा कीर्तिपुरमा नेपाली काँग्रेसले बाजी मारेको हो ।

सोमबार साँझ सम्पन्न मतगणना अनुसार कीर्तिपुरको मेयरमा सो पार्टीका नगर सभापति समेत रहेका कृष्णमान डंगोल निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनलाई पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले तेस्रो स्थानमा चित्त बुझाए ।

डंगोलले ५३३४ मत पाएका छन् । महर्जनले ४५५५ मत पाएका छन् । मानन्धरले ४३३७ मत पाएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

उपनिर्वाचन अन्तर्गत कीर्तिपुर वडा नं. १ र ४ को वडाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

उपनिर्वाचनः मतपरिणाम आउन सुरु, कीर्तिपुर वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी

कीर्तिपुरमा १० नं. वडाको मत गणना जारी रहँदा माओवादी केन्द्रका उम्मेदवारको छलाङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *