एसीसी यू-१९ महिला एसिया कपः नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

Thankot Times

थानकोट । 

मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारत बीचको खेल वर्षाका कारण रद्द भएको छ। 

क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँढेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले बिना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो ।

नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ ।

सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ । नेपाल रनरेटको अनुसार समुह चरणमा दोश्रो भएर सुपर फोरमा पुगेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *