सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा, जनकपुर बोल्ट्स ८ विकेटले पराजित

Thankot Times

थानकोट।

जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारी अविजीत ५८ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए ।

जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए ।

स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।

क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।

बुधबार नै सम्पन्न क्वालिफायर १ मा कर्णाली याक्सले चितवन राइनोजमाथि २१ रनको जित निकाल्दै क्लालिफायर २ का लागि छनोट भएको छ ।

नेपाल प्रिमियर लिगः चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *