खो खो विश्‍वकप: नेपाली पुरूष टिम पनि क्‍वाटरफाइनलमा

Thankot Times

थानकोट ।

नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्‍वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।

समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८-८ अंकको अन्तरले हराएको हो ।

त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो ।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो ।

अब भुटानले भारतसँग खेल्न बाँकी छ ।

उक्त खेलपछि दुईमध्ये एक टोली क्‍वाटरफाइनलमा पुग्ने छन् ।

महिलातर्फ पनि नेपालले लगातार तीन खेल जित्दै क्‍वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *